"कृषिलाई साना दुःखले होइन, असाध्यै मेहनत गरेर बर्बाद परेका छौं"
घनश्याम भुसाल यथार्थ र खरो टिप्पणी गर्ने नेताका रुपमा चिनिनु हुन्छ । अध्ययनशील केही नेताको पंक्तिमा पर्नुहुने भुसाल यतिबेला कृषि तथा पशु पन्छी विकास मन्त्री हुनुहुन्छ । मन्त्रालय सम्हालेदेखि उहाँ असन्तुष्टि र आफ्ना योजनामा साथ नदिएको गुनासो गर्दै आउनुभएको छ ।
आर्थिक वर्ष २०७७०७८ को बजेटमा आफूले पेश गरेका योजना समेत सबै नपरेपछि आक्रोशित हुनुभएका मन्त्री भुसालले शनिबार एउटा अपत्यारिलो तर सत्य कुरा उजागर गर्नुभएको छ ।
मन्त्री भुसालले एसोसिएसन आफ नेपाली एग्रिकल्चरल जर्नलिष्टस् (आनाज)द्वारा राष्ट्रिय धान दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भुसालले भन्नुभयो ३०र४० वर्षयता मिहेनत गरेर नै कृषि क्षेत्रलाई ध्वस्त पार्ने काम भएको रहेछ ।
मन्त्री भुसालले भन्नुभयो- “कृषि विकासका लागि भाषण गर्ने, ठेक्का पट्टा गर्ने, विभिन्न प्रोजेक्टहरु ल्याएर विगार्ने काम मात्र भएको बताउँदै साना दुःखले बार्दद पारेको होइन, बहुत मेहनतले बर्बाद परेका छौं । यसलाई सुधार्न केही समय लाग्ने छ” ।
देशमा औद्योगीक उत्पादन बढाउने प्रयत्न गर्दा र कृषि वस्तुको व्यवस्थापन बजारलाई छाड्दा कृषि व्यवस्था र प्रणाली विग्रेको बताउनुभएका मन्त्री किसानका परम्परागत ज्ञान र सीपलाई विकास गर्न नसक्दा पनि नेपालको कृषि क्षेत्र पछाडि परेको भन्दै पनि बताउनुभयो ।
कृषि प्रधान देशमा अन्न पनि किनेर खानुपर्ने, फलफुल किनेर खानुपर्ने, माछामासु किनेर खानुपर्ने, दुध किनेर खानुपर्ने दिन आए । तर कोरोना महामारीले कृषि नै जीवन हो भनेर ब्यूँझाएको छ अब कोरोनाले सिकाएको पाठ विर्सिने गल्ती गर्न नहुनेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्