जापान
जापान बनाउँदैछ वास्तविक मानव जस्तै देखिने रोबोट
विज्ञान प्रविधिको विकाससंगै मानिसमा उत्पन्न हुने नयाँ नयाँ अनुसन्धान गर्ने क्रममा जापानमा वास्तविक मानव जस्तै रोबोट बनाउने प्रयासमा पहिलो सफलता मिलेको छ ।
टोकियो विश्वविद्यालयको एक अनुसन्धान टोलीले मानव छालाको जीवित कोशिकाबाट तयार गरिएको पदार्थलाई रोबोटको औंलामा चढाउन सफल भएको छ ।
अनुसन्धानकर्ताहरुले यसलाई जीवित मानवको छालालाई रोबोटको औंलामा राखेर दुरुस्त बनाउने पहिलो कदमका रुपमा लिएका छन् ।
अध्ययन टोलीको नेतृत्वकर्ता प्रोफेसर टेकुची शोजीले आफूहरुको उद्देश्य वास्तविक मानव जस्तो देखिने रोबाट बनाउने रहेको र यो सफलता त्यसको पहिलो कदम भएको बताउनुभएको छ ।
विश्वविद्यालयले यसलाई भावी रोबोट प्रविधिका रुपमा विकास गरिएको जनाएको छ । उक्त छाला रोबोटको औंला मोडिदा र चिसोले पनि केही नहुने भएकाले धेरैको ध्यान आकर्षित गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्