कलाकारलाई जनताले दिएको सम्मानको ऋण तिर्ने मौका
भनिन्छ, कलाकार समाज रुपान्तरणका लागि उत्प्रेरणाका स्रोत हुन् । कलाकार केवल मनोरञ्जन प्रदान गर्ने चटके मात्र होइनन, अझ चलचित्र कलाकारहरु त समाजका लागि आदर्श पात्र समेत हुने गरेका छन् ।
त्यसैले चलचित्रलाई मुलुकको धार्मिक, सांस्कृतिक, ऐतिहासिक पक्ष समेटेर कला, भाष र साहित्य प्रबद्र्धन गर्ने गहन जिम्मेवारी बोकेको मनोरञ्जनको क्षेत्र मानिन्छ, समाज रुपान्तरण, देशमा जागरण ल्याउन कलाकारहरुको भूमिका हुन्छ ।
अहिले कलाकारहरुको भूमिका देशले खोजिरहेको छ । यतिबेला देशमा अहम मुद्दाहरु छन सामाजिक सदभाव, मानिसको चेतनास्तरको विकास र देश संचालकहरुका गतिबिधिलाई झक्झकाउने कार्य गर्न जरुरी छ । यसका लागि कलाकारहरुको भूमिका अहं रहन्छ ।
यतिबेला नेपाली राष्टियतामाथि भारतीय चलचित्रले आक्रमण गरेको छ । नेपालको राष्ट्रिय विभूति सीतालाई भारतीय छोरी भनेर पचार गरियो । यसको बिरोध हुँदा नेपाल नै भारतको अधिनमाा रहेको थियो भनेर यसका संवाद लेखकले संचार माध्यमबाट ठूलोठूलो स्वरले विषवमन गरे । यसका बिरुद्ध न सरकार बोल्यो, न कलाकार ? केही देशभक्तहरुले आवाज उठाए पनि यसको पनि नपक्ष विपक्षमा तर्क गरिए ।
माथी नै भनियो कलाकार समाज जागरणको अभियन्ता हुन, राष्ट्रियताको सम्बद्र्ध र प्रबद्र्धन गर्ने दूत हुन् । तर, भारतीय चलचिले देशको अस्मितामाथि नै धावा बोल्दा को कति बोले त ? को कतिले प्रतिवाद गरे त ? (केही वाहेक) । को कती पानीमा ओभानो बने भन्ने कुरा जगजाहेरै छ ।
अब परिवर्तनका आँखाले मूल्यांकन गर्ने पो हो कि ? कि सधैं फ्यान क्लबका नाममा आतंक मच्चाउने मच्चाउन लगाउने मात्रै रु साईबर युद्धलाई अब देशको अस्मिता जोगाउने अभियानमा रुपान्तरण गरौ । यहीमा सबैको भलो छ ।
बुद्धि विकास गरौ न साथी हो । राष्ट्र पहिला हो । सामाजिक सन्देश र समाजिक सदभावलाई बचाउने कार्यको सन्देश दिनु कलाकारको सामाजिक उत्तरदायित्व हो ।
देशलाई प्रहार भैरहँदा नागरिकको मनोवल बढाउन जरुरी हुन्छ । त्यसको लागि अहिलेको शक्तिशाली हतियार भनेको सामाजिक संजाल नै हो । त्यसका लागि सबैभन्दा धेरै अनुयायी (फलोर्स) भएका शक्तिशाली कलाकार नै हुन जसलाई हामी राष्ट्रका गहना समेत भन्छौ । जसको नायक, महानायकको मापनका लागि साइबर युद्ध नै गर्छौ ।
यतिबेला गम्भीर प्रश्न उठेको छ, देश दुखेको बेला, देशको अस्मितामाथि विदेशीले धावा बोलेका बेला कलाकारहरुले समाज रूपान्तर, समाज र देशको सुख दुःखका बेला के कति सन्देश र नागरिकको मनोवल बढाउने काम कति गरेका छन त ?
कलाकार भनेको पर्दामा हात उठाउने बड़ी देखाउने, कफी पिउने अनी समाजलाई, मानिसलाई अहित र घात हुने तथा जनता ठगिने विज्ञापनलाई प्रशय दिने दिने मात्र होइन, परेका बेला देशको पक्षमा बोल्नु, उभिनु र जनतालाई जागरुक बनाउनु पनि हो ।
तर, भन्नैपर्छ औंलामा गन्न सकिने बाहेक अधिकांश नाम चलेका, जनतामा प्रभाव भएका कलाकारहरुबाट आफ्नो स्टारडमको नाममा अहंकार प्रदर्शन बाहेक समाजले केही पाएको छैन ।
सोचौं नायक, महानायक, स्टार, सुपरस्टार सबै देशले बनाइदिएको हो । यही देश रोएको बेला कलाकारहरुले राष्ट्रिय भावनामा जागण ल्याउन आफ्नो लोकप्रियता प्रयोग गर्नुपर्छ । जनताले दिएको सम्मानको ऋण तिर्नुपर्छ । अहिले यही मौका कलाकारहरुलाई आएको छ ।
(लेखक चन्द वाग्मती सफाई महाअभियानका अभियन्ता तथा चलचित्रकर्मी हुनुहुन्छ)
प्रतिक्रिया राख्नुहोस्