राजनीति

सोविताको प्रश्न- काठमाडौंमा कहाँ छ ३५ नम्बर वडा ?

राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौं क्षेत्र नं. २ का सांसद सोविता गौतमले सरकारले संसदमा प्रस्तुत गरेको बजेटमा भएका कमजोरीहरुलाई बुँदागत रुपमा औंल्याउँदै सरकारको गम्भीर आलोचा गर्नुभएको छ ।

बजेटमाथिको विषयगत छलफलमा भाग लिंदै सांसद गौतमले बजेट पुस्तिकामा काठमाडौं महानगरपालिकामा वडा नं. ३५ सिर्जना गरिएको भन्दै प्रमाणसहित आलोचना गर्नुभएको हो ।

सांसद गौतमले बजेटमा काठमाडौंदेखि अन्य पालिकाहरुमा पनि हुँदै नभएको वडा सिर्जना गरेर योजना चयन गरी बजेट विनियोजन गरिएकोप्रति अन्य सांसदहरुले पनि आलोचना गरिरहेका छन् ।

यी गल्तीलाई सरकारले प्रिन्ट मिस्टेक भन्दै नसच्याउने हो भने भोलि कानुनमा प्रिन्ट मिस्टेक, अदालतको फैसलामा प्रिन्ट मिस्टेक हुँदै आफ्नो अनुकूलका काम गर्दै जाने अनि प्रिन्ट मिस्टेक भन्दै उम्कन नमिल्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.