क्रिकेटखेल

अफगानिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका टी-२० विश्वकपको फाइनलमा

दक्षिण अफ्रिका आईसिसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका उपाधिको नजिक पुगेको हो ।

दक्षिण अफ्रिका टी-२० विश्वकपको फाइनलमा

वेस्टइन्डिजको त्रिनिडाड एण्ड टोबागोस्थित ब्रायन लारा स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ११.५ ओभरमा सबै विकेट गुमाएर ५६ रनमा समेटियो । अफगानिस्तानका लागि अज्मतुल्लाह अमरजाईले सर्वाधिक १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

अफगानिस्तानका लागि मार्को जान्सेन र तब्राइज साम्सीले ३–३ विकेट लिए भने कागिसो रबडा र एनरिच नोर्त्याले समान २–२ विकेट लिए । अफगानिस्तानले दिएको ५७ रनको झिनो लक्ष्य लिएर मैदान उत्रेको दक्षिण अफ्रिका ८.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकाको लागि रीजा हेनरिक्स २९ र कप्तान एडेन मार्कम २३ रनमा अविजित रहँदा क्विन टन डीकक ५ रन बनाई आउट भए । अफगानिस्तानको लागि फाजल्हक फारुकीले एक विकेट लिए ।

 

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.