खेलफूटबल

फिफाद्वारा ‘इन्टिग्रिटी ह्यान्डबुक’ को दोस्रो संस्करण सार्वजनिक

फिफाले सदस्य सङ्घहरूलाई ‘फुटबलको अखण्डताको रक्षा गर्न’ मा मद्दत गर्न ‘इन्टिग्रिटी ह्यान्डबुक’ पुस्तिकाको दोस्रो संस्करण सार्वजनिक गरेको छ ।

फिफाद्वारा ‘इन्टिग्रिटी ह्यान्डबुक’

फिफा इन्टिग्रिटी ग्रुपद्वारा विकसित पुस्तकले कहाँबाट सुरु गर्ने, के जान्ने र के गर्ने भन्नेबारे चरणबद्ध रूपमा गहन विश्लेषण प्रदान गर्ने फिफाले घोषणा गरेको छ ।

“पहिलो संस्करणको तुलनामा पुस्तिकाले स्थानीय स्तरमा शिक्षा पहलहरू स्थापना गर्न समर्पित सामग्रीका साथ अखण्डता कार्य योजनामा बढ्दो जोड दिएको छ । अनुशासनात्मक कारबाहीमा संलग्न प्रतिवादीहरू विरुद्ध लिइएको कानूनीरूपमा सही निर्णयहरू सुनिश्चित गर्न चरणबद्ध प्रक्रियाको विस्तृत व्याख्या गर्दै यसले अखण्डता–सम्बन्धित अपराधहरूको निर्णयमा नयाँ खण्ड पनि समावेश गर्दछ”, फिफाको विज्ञप्तिमा उल्लेख छ ।

यो पुस्तिका अप्रिलमा सिङ्गापुरमा भएको दुई दिने फिफा इन्टिग्रिटी समिटमा प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.