राजनीति

किसानले दूधको मूल्य पाउन सडकमा गाई-भैंसीको जुलुश गर्नुपर्ने हो ?

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले दुग्ध उत्पादक किसानले आफ्नो श्रमको मूल्य पाउन सडकमा गाई-भैंसीको जुलुश निकाल्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिनुभएको छ ।

किसानले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी दुग्ध उद्योगलाई दूध बेचेको करिब ५ अर्ब रुपैयाँ पाउन बाँकी रहेको भन्दै उहाँले पैसा पाउन के गर्नुपर्ने हो भन्दै सो प्रश्न सो चेतावनी दिनुभएको हो ।

प्रतिनिधिसभाको बिहिबार बसेको बैठमा सांसद बास्कोटाले सरकारले वर्षौंदेखि किसानलाई दूधको पैसा नदिएर ज्यादती गरेको भन्दै किसान आन्दोलनमा उत्रने चेतावनी दिंदै किसानले दूधको भुक्तानी पानी गाईबस्तु लेराएर सडकमा छोड्नुपर्ने हो कि, के गर्‍यो भने न्याय पाउँछन् भन्दै प्रश्नन गर्नुभयो ।

उहाँले किसानहरुले भिख मागेको नभई पसिनाको मूल्य खोजेको भन्दै यो समस्या जति तन्काउँछौं सरकारको लोकप्रियता मात्र होइन क्षमता र जवाफदेहीतामा पनि प्रश्न उठ्दै जान्छ भन्दै सरकार र मन्त्री पटक पटक फेरिँदा पनि किसानको समस्या ज्यूँका त्यूँ रहेको गुनासो गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.