जन सरोकार
सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
सवारी ज्यान मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-६ लुभु घर भई सोही नगरपालिका-१ इमाडोल बस्ने ३९ वर्षीय श्याम भन्ने लिलेन्द्र श्रेष्ठलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०६२ भदौ १० गतेको फैसलाले ११ महिना ५ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर इमाडोलबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बबरमहल काठमाडौंमा पठाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्