साहित्य
मेरो दिलमा तिमी छौ
मेरो दिलमा तिमी छौ छोडिजानु कसरी
एक शब्द त बोल ए मेरी दिलकि रानी
यो मेरो मनले हो तिमीलाई रोजेको
ठाउँ पनि यही हो हामिले भेटने गरेको
म सक्दिन आज मेरी मायालुलाई छोडी हिंडन
म सक्तिन आज एक्लो भएर बस्न
मेरा यी नयनले हेर्दा दृश्य उही छ
जहाँ गए पनि मेरो गाउँ त्यही छ
सक्दिन आज मैले तिम्रो चित्त दुखाउन
सक्दिन आज मैले तिमीलाई रोक्न
सिलगढी नपा २, दिपायल डोटी
प्रतिक्रिया राख्नुहोस्