क्रिकेटखेल

इंग्ल्यान्डलाई पराजित गर्दै भारत टी-२० विश्वकपको फाइनलमा

भारत आईसिसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा इंग्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत उपाधि नजिक पुगेको हो ।

भारत टी-२० विश्वकपको फाइनलमा

भारत प्रतियोगितामा अपराजित रहँदै १० वर्षपछि टी-२० विश्वकपको फाइनल प्रवेश गरेको हो । वेस्टइन्डिजको गुयनामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । भारतका लागि ओपनर तथा कप्तान रोहित शर्माले ५७ रनको अर्धशतकीय पारी खेले भने सूर्यकुमार यादवले ४७ रन जोडे । त्यस्तै हार्दिक पाण्ड्याले २३ रन जोड्दा रविन्द्र जडेजा १७ रनमा अविजित रहे भने अक्षर पटेल १० रन बनाए ।

इंग्ल्यान्डका लागि क्रिस जोर्डनले ३ विकेट लिए भने रेसी टोप्ली, जोफ्रा आर्चर, साम करन र अदिल रसिदको भागमा समान १-१ विकेट रह्यो । भारतले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड २० बल बाँकी हुँदै १ सय ३ रनमा समेटियो । इंग्ल्यान्डका लागि हयारी ब्रुक्सले २५ रन बनाए भने कप्तान जोस बटलरले २३ रन जोड्दा जोफ्रा आर्चरले २१ र लियम लिभिङस्टोनले ११ रन बनाए । भारतका लागि अक्षर पटेल र कुलदीप यादवले समान ३-३ विकेट लिए भने जसप्रित बुमराहको भागमा २ विकेट रह्यो ।

जितसँगै भारतले अघिल्लो संस्करणमा सेमिफाइनलमा इंग्ल्यान्डसँगको हारको बदलासमेत लिएको छ । अब उपाधिका लागि भारतले शनिबार दक्षिण अफ्रिकासंग खेल्नेछ । अफगानिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका फाइनल प्रवेश गरिसकेको छ ।

 

 

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.