कला/मनोरन्जनकलिउड

मदिराले लट्ठिएका राजेशपायललाई जहाजबाट फिर्ता गरिएपछि

अत्यधिक मदिरा सेवन गरेर काठमाडौंबाट फ्लाई दुबईको जहाजबाट दुबई जान लागेका गायक राजेशपायल राईलाई विमानले फिर्ता पठाइदिएपछि उहाँ समयमा दुबई पुग्न पाउनुभएन ।

विमानस्थल सुरक्षा कार्यालयका डीआईजी रामदत्त जोशीले राई विमानस्थलमा रोकिएका पुष्टि गर्दै मदिराको नसा उत्रेपछि उहाँलाई अर्को उडानबाट दुबई पठाइने बताउनुभयो । यस विषयमा राईले कुनै टिप्पणी गर्नुभएको छैन ।

घटना विवरण अनुसार असार १३ गते विहान राई बोर्डिङ पास भएर जहाजमा पुगेपछि हो–हल्ला गर्न थालेपछि जहाजले कम्प्लेन गरेकाले प्रहरीले उहाँलाई बाहिर निकालेको थियो ।

सांगीतिक कार्यक्रमका लागि विमानस्थल पुगेका राईलाई जहाजबाट फिर्ता गरिएपछि ट्याक्सीमा राखेर घर पठाईको थियो । राई सोही दिन अर्को उडानबाट दुबई गएको वा नगएको बारेमा भने कुनै समाचार बाहिरिएको छैन ।

जहाजमा अत्यधिक मदिरा सेवन गरेर प्रवेश गर्न दिइदैन । यसअघि पनि कतिपय वरिष्ठ व्यक्तिहरुलाई अत्यधिक मदिरा सेवन गरेकै कारण जहाजबाट बाहिरि निकालिएका घटना सार्वजनिक भएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.