राजनीति

चुरे संरक्षणका नाममा भएको अर्बौं रुपैयाँको प्रतिफल खोई ? (भिडियो)

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले चुरे संरक्षणको नाममा विगत ९ वर्षमा राज्यबाट खर्च भएको अर्बौं रुपैयाँले के उपलब्धि दियो भन्ने प्रश्न गर्दै चुरेलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा बोल्दै सांसद झाले चुरेलाई संरक्षित क्षेत्रको घोषणाको माग गर्दै सो कुरा बताउनुभएको हो ।

झाले चुरे दोहनका कारण पानीको सतह पनि तल झरिरहेको भन्दै चुरे क्षेत्रले भूमिगत जलभण्डारको काम गर्ने भएकाले संरक्षण गर्नुपर्नेमा जोड दिंदै भन्नुभयो, ‘तराईका लागि चुरे क्षेत्रले भूमिगत जलभण्डारको काम गरेको छ । यसको संरक्षण आवश्यक छ ।’

उहाँले भन्नुभयो, नेपालमा २० वटा संरक्षित क्षेत्र रहे पनि मधेश प्रदेशमा भने पूर्णरुपमा एउटा पनि संरक्षित क्षेत्र छैन । तरm नेपालमा पाइने १ हजार ९१८ जीवजन्तुमध्ये १ हजार ३०८ प्रजाति चुरे र तराई क्षेत्रमा नै पाइने उल्लेख गर्नुभयो ।

त्यस्तै नेपालमा पाइने संकटापन्न ४ सय ९३ प्रजातिमध्ये ३ सय १९ प्रजाती यही क्षेत्रमा पाइने भएकाले चुरे संरक्षित क्षेत्र घोषणा गर्नु आवश्यक रहेको बताउनुभयो ।

उहाँले आजभन्दा ४८ वर्षअघि ल्याइएको संरक्षित क्षेत्रको अवधारणाविपरित पछिल्लो समय जोखिम आँकलन नगरी जथाभावी डोजर प्रयोग भएले चुरे क्षेत्रमा त्यसको गम्भीर असर परेको धारणा राख्नुभयो ।

सांसद झाले चुरे तराई मधेसका लागि पानीको मुख्य स्रोत भएको र पछिल्लो समय अनावश्यक दोहनका कारण तराइमा पानीका स्रोत र संरक्षण क्षेत्र दुवै कमजोर भएका बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.