राजनीति

‘मदन भण्डारीले ४१ वर्षको उमेरमा प्राप्त गरेको लोकप्रियता असाधारण’ भिडियोसहित)

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष एवं जनताको बहुदलीय जनवादका प्रखर हिमायती केपी शर्मा ओलीले जननेता स्व. मदन भण्डारीको जन्मतिथिका अवसरमा उहाँको राजनीतिक, वैचारक र सैद्धान्तिक दृष्टिकोणको स्मरण गर्नुभएको छ ।

भण्डारीको जन्मतिथिको अवसर पारेर राससले गरेको कुराकानीमा अध्यक्ष ओलीले भन्नुभयो, “म उहाँलाई एक असाधारण व्यक्तिकारुपमा स्मरण गर्ने गर्दछु । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमार्फत हाम्रो समाज र देशलाई अगाडि बढाउन असाधारण योगदान दिनुभएको छ ।”

ओलीले अगाडि भन्नुभयो, “मुख्यरुपमा म उहाँलाई एक असल र साँच्चै महान् व्यक्तिका रुपमा सम्झन्छु । तर दुःखद् कुरा यो भयो कि उहाँको निधन ४१ वर्षको अल्पायुमै भयो । नेपालमा त्यति कम उमेरमा त्यस प्रकारको सफलता र लोकप्रियता पाउन अरु कसैले सकेको छ भन्ने मलाई लाग्दैन ।”

त्यसै गरी अध्यक्ष ओलीले नेता नेता मदन भण्डारी र नेकपा एमालेको तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दासढुङ्गा दुर्घटनाका विषयमा पनि कुरा खोतल्नुभएको छ

ओलीले भन्नुभयो, “तत्कालीन सरकारले दुर्घटना हो भन्यो, छानबिन आयोग समेत गठन गर्न मानेन । हामीले तत्कालै छानबिन आयोगको माग गर्यौँ ।दासढुङ्गा घटनाको छानबिन माग राखी आन्दोलन गर्ने क्रममा कम्तीमा २२ जनाको ज्यान नै गयो । गाडी नदीमा पुग्छ, नेताहरु डुब्छन् तर चालक सकुसल बाँचेको हुन्छ । पछि त्यही चालक चितवन पुगेर आत्मसमर्पण गरेको हुन्छ ।”

उहाँले भन्नुभयो, “कतिपय यस्ता घटना–दुर्घटनाका सत्यतथ्य सार्वजनिक हुन समय लाग्छ । सत्यहरुलाई शक्तिले लुकाउँछन् नै । तर त्यो प्रयत्न सधैँ सफल हुँदैन । समयक्रममा सत्य त बाहिर आइहाल्छ नै । समय लाग्छ, दासढुङ्गा हत्याकाण्डको पनि सत्यतथ्य बाहिर आउँछ । मदन–आश्रितको हत्यारा पत्ता लाग्छ ।”

बाँकी यो भिडियोमा

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.