साहित्य
बेहाल
देशको आर्थिक अवस्था दिन प्रतिदिन कमजोर बन्दै गैरहेको भए पनि जिम्मेवार निकाय राजनीतिक दलहरु बेखबर जस्तै बनेर आफ्नै मात्र स्वार्थपूर्तिमा लागेको आम जनताले अनुभूत गरिरहेका छन् ।
यस्तो परिस्थितिमा जनतालाई जागरुक गराउने र नेताहरुलाई खबरदारी गराउने जिम्मा सबैको हो । यसै सन्दर्भमा डा. प्रकाशचन्द्र लोहनीले आज ट्वीटमार्फत व्यंगात्मक कविता शेयर गर्नुभएको छ । जुन, यस प्रकार छ-
बृद्ध भत्ता बुढालाई
अरबको गर्मी युवालाई
बाझो खेत फालाफाल
क्रान्तिकारी- समाजवादी माला माल
परनिर्भरता अब हाम्रो विशेषता
निर्यातमा देखिदै छ शून्यता
सान सौकत ठूलो छ
काठमाडौँमा हैजा जिउँदो छ
जनताको आँसु कसले देख्ने
भुइँ मान्छेको पीडा कसले बुझने ?
प्रतिक्रिया राख्नुहोस्