राजनीति

‘सरकार जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन प्रतिबद्ध छ’

खानेपानीमन्त्री राजेन्द्रकुमार राईले सरकार जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन प्रतिबद्ध रहेको बताउनुभएको छ ।

खानेपानीमन्त्री राजेन्द्रकुमार राई

नेपाल खानेपानी संस्थानले निर्माण गर्न लागको ‘विराटनगर खानेपानी सुधार आयोजना’को शुक्रबार शिलान्यास गर्दै मन्त्री राईले पिठ्यू र डोकोमा पानीको गाग्री बोक्नुपरेको समस्या अन्त्य गर्न मन्त्रालय लागिपरेको बताउनुभयो । सरकारले अघि सारेको सबै नेपाली जनतालाई ‘एक घर, एक धारा’ नीति सफल बनाउन सङ्घ, प्रदेश र स्थानीय तहले काम सुरु गरेको बताउनुभयो । जापान सरकारले नेपाली जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन सहयोग उपलब्ध गराएकामा मन्त्री राईले धन्यवाद दिनुभयो ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, कोशी प्रदेशसभा सदस्य गयानन्द मण्डल, विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्की, नेपालस्थित जापानी राजदूतावासका ताकाहिरोतामुरा र जाइका नेपाल कार्यालयका अकिमिक्सु ओकुबोले आ–आफ्नो धारणा राख्नुभएको थियो । आगामी सन् २०२६ मा सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढाइएको सो आयोजनाबाट झण्डै एक लाख नगरवासीमा खानेपानीको सुविधा पुग्ने संस्थानका महाशाखा प्रमुख कमल थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.