जन सरोकार
वृद्ध महिलाको हत्या गरेको आरोपमा पक्राउ
झापा, भद्रपुर नगरपालिका-२ डिगाउँ बस्ने ७० वर्षीया गौरीमाया तामाङको धारिलो हतियार सिक्कल प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय राजेश तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
![वृद्ध महिलाको हत्या गरेको आरोपमा पक्राउ वृद्ध महिलाको हत्या गरेको आरोपमा पक्राउ](https://www.nepaljapan.com/wp-content/uploads/2024/06/rajesh-tamang.jpg)
राजेशले ती महिलालाई सिक्कल प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले उनलाई सोही ठाउँस्थित खेतमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्