जन सरोकार

मृत अवस्थामा पाँच जना फेला

मृत अवस्थामा देशका विभिन्न स्थानबाट पाँच जना फेला परेका छन् । पर्वत, कुश्मा नगरपालिका-१४ घर भई हाल सोही नगरपालिका-७ खरिया बस्ने ४७ वर्षीय लाल बहादुर क्षेत्री सोही ठाउँस्थित धुपिचोक नजिक बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै तनहुँ, व्यास नगरपालिका-५ सागेस्थित लेवर काम गरी बस्ने भोजपुर घर भएकी ४१ वर्षीया गीता तामाङ सोही ठाउँस्थित बाटो छेउमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । यस्तै म्याग्दी, अन्नपूर्ण गाउँपालिका-३ दाना घर भई हाल सोही गाउँपालिका-२ मान्द्रेढुङगा मामाघर बस्दै आएकी नर बहादुर तिलिजाकी छोरी १८ वर्षीया दीपा तिलिजा सोही घरको बार्दलीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

यता झापा, झापा गाउँपालिका-६ बालुवाबथान बस्ने २४ वर्षीय राहुल सिवाकोटी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । उता मकवानपुर, बकैया गाउँपालिका-३ हात्तिसुडे बस्ने ७१ वर्षीय भिम बहादुर लुङ्वा सोही गाउँपालिका-३ लोहजोर खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् । शुक्रबार बेलुकी घरबाट माछा मार्न जान्छु भनी हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.