कला/मनोरन्जनकलिउड

‘कमेडी च्याम्पियन ३’ को उपाधि खड्कालाई

प्रतियोगितात्मक कार्यक्रम ‘कमेडी च्याम्पियन’ तेस्रो संस्करणको उपाधि काठमाडौँका सुनिल खड्काले जित्नु भएको छ । शनिबार भएको अन्तिम प्रतिस्पर्धामा अन्तिम तीनमा रहनुभएका ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै उहाँ ‘च्याम्पियन’ बन्नुभएको हो ।

सुनिल खड्का

विजेता घोषित भएसँगै उहाँले नगद रु पच्चीस लाखसहित विभिन्न आकर्षक उपहार प्राप्त गर्नुभयो । प्राप्त मतको आधारमा सुनसरीका काफ्ले दोस्रो (फस्ट रनरअप) र नवलपरासीकी खनाल तेस्रो (सेकेण्ड रनर अप) बन्नुभयो ।

प्रतियोगिताको निर्णायकमा हास्य कलाकार सन्तोष पन्त, कलाकार मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र अभिनेत्री ऋचा शर्मा निर्णायकको रुपमा हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.