खेलफूटबल

इटालीलाई पराजित गर्दै स्विट्जरल्यान्ड युरो कपको क्वाटरफाइनलमा

स्विट्जरल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको पहिलो प्रि-क्वाटर फाइनलमा साविक विजेता इटालीलाई २-० ले पराजित गर्दे स्विट्जरल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्विट्जरल्यान्डलाय्य जित दिलाउन रेमो फ्रेउलर र रुवेन भार्गासले समान १-१ गोल गरे । खेलको ३७ औं मिनेटमा रेमो फ्रेउलरले रुवेन भार्गासको क्रसलाई सदुपयोग गर्दै स्विट्जरल्यान्डलाइ अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा स्विट्जरल्यान्डले थप एक गोल गर्यो ।

त्यसपछिको दोस्रो हाफको ४६ औं मिनेटमा रुवेन भार्गासले गोल गर्दै टोलीलाई २-० को जित दिलाए । त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र इटाली अन्तिम १६ बाटै बाहिरियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.