क्रिकेटखेल

रोहित र कोहलीद्वारा अन्तर्राष्ट्रिय टी–२० खेलबाट सन्यासको घोषणा

भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्मा र विराट कोहलीले आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि जितेसँगै सन्न्यासको घोषणा गरेका छन् ।

रोहित र कोहली

शनिबार फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टी–२० विश्वकपको उपाधि जित्यो । भारतलाई टी–२० विश्वकपको उपाधि जिताउन उनको कप्तानी र प्रदर्शन दुबैमा सानदार योगदान रह्यो । विश्वकप २०२४ मा उनले ८ खेलमा २५७ रन बनाएका थिए ।

रोहित टी–२० आई क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । उनले १५९ टी–२० आई खेलमा ५ शतक र ३२ अर्धशतकसहित कुल ४ हजार २३१ रन बनाएका थिए । उनले सन् २००७ मा टी–२० आईमा इंग्ल्यान्डविरुद्ध डेब्यू गरेका थिए ।

भारतले २००७ मा टी–२० विश्वकप उपाधि जित्दा टोलीका सदस्य थिए । उनको कप्तानीमा भारतले ६२ टी २० आई खेलमा ४९ मा जित र १२ खेलमा हार व्यहोरेको थियो ।

सन् २०१३ को च्याम्पियन्स ट्रफीपछि भारतले बार्बाडोसमा भएको फाइनलमा सात रनको रोमाञ्चक जित निकाल्दै शनिबार रातिको खेलमा उपाधि जितेको हो ।

जीतपछि भारतको नीलो जर्सी लगाएका समर्थक खुशीको आँसु झार्दै फाइनल खेल भएको खेलमैदानमा नाचेका दृष्य मनमोहक देखिन्थे ।

भारतले पछिल्लो पटक सन् २०११ मा घरेलु मैदानमा महेन्द्र सिंह (एमएस) धोनीको कप्तानीमा विश्वकप जितेको थियो । धोनीले सन् २००७ मा पहिलो संस्करणमा टिमलाई टी–२० विश्वकपको ट्रफी दिलाउनुभएको थियो । स्टार ब्याट्सम्यान विराट कोहलीले ५९ बलमा ७६ रन गर्दै भारतलाई ७ विकेटको क्षतिमा १७६ रनमा समेटेका थिए ।

बेल्जियमबाट दिल्ली भ्रमणमा रहेका ३४ वर्षीय सफ्टवेयर व्यवसायी अभिषेक भगतले एएफपीसँग भन्नुभयो, “यो विश्वबाहिरको अनुभूति हो ।” “मैले सन् २००७ मा बाल्यकालमा यो अनुभव गरेको थिएँ । त्यसपछि सन् २०११ मा र अहिले फेरि सन् २०२४ मा पनि भारतले जितेको छ । यो लामो प्रतिक्षापछिको जीत हो ।”

पहिलो पटक विश्वकपको फाइनल खेलेको दक्षिण अफ्रिकालाई अन्तिम पाँच ओभरमा ३० रन चाहिएको अवस्थामा लक्ष्य भेट्टाउन तयार देखिए पनि भारतीय बलरले उपाधिका लागि खेललाई आफ्नो पकडमा राख्न सफल भएका थिए । गुयानामा भएको सेमिफाइनलमा भारतले डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डलाई पराजित गरेको थियो ।

रोहित सन् २००७ मा टी–२० विश्वकपको पहिलो संस्करणमा भारतका लागि खेल्नुभएको थियो भने कोहलीले सन् २०११ मा धोनीको कप्तानीमा एकदिवसीय विश्वकप उपाधि भारतले जितेको थियो ।

त्यसको दुई वर्षपछि धोनीको टिमले ५० ओभरको च्याम्पियन्स ट्रफीको फाइनलमा आयोजक इङ्ग्ल्यान्डलाई हराएको थियो तर प्रशंसकले अर्को ठूलो उपाधिका लागि ११ वर्ष कुर्नुपरेको थियो ।

भारत सन् २०१९ को एकदिवसीय विश्वकप र सन् २०२२ को टी–२० विश्वकपको सेमिफाइनलमा पराजित भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.