राजनीति

असई थमन विक हत्या प्रकरणमा पूर्वप्रदेश सांसद यादव पक्राउ

मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा भएको सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या अभियोगमा जन्मकैद सजायँ सुनाइएका एकजना पक्राउ परका छन् ।

पक्राउ पर्नेमा पूर्व प्रदेश सांसद कौशलकुमार यादव रहेका छन् । असई विक हत्या मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो । अदालतमा मुद्दा चलिरहँदा उनी फरार नै थिए ।

अदालतले सजायँ सुनाए पनि फरार रहेका यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल जयसवालले जानकारी दिनुभयो ।

लोसपाका नेतासमेत रहेका यादव लामो समयदेखि फरार थिए । फरार रहेकै अवस्थामा २०७४ मा तत्कालीन संघीय समाजवादी फोरमबाट महोत्तरी क्षेत्र नं. ४ (क) मा प्रदेश सांसद निर्वाचित भएका थिए ।

महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा असई थमन विक हत्या प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सातजनालाई जन्मकैदको सजाय सुनाएको थियो भने एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र पुर्पक्षका लागि थुनामा रहेका पवन कापरले सफाइ पाएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.