जन सरोकार

‘लुज डाउन’संगै बढ्न थाले कोरोना सङ्क्रमित

जोखिम अझै नहटेकाले जन स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह

बुधबारको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ८ सय ९२ जनामा कोरोना सङ्क्रमण पुष्टि भयो । मङ्गलबार सङ्क्रमण पुष्टि भएको दुई हजार ६३६ भन्दा बुधबार २५६ जनाले बढी थपिए । सोमबार दुई हजार ४४४ जना सङ्क्रमित भेटिएका थिए । आइतबार एक हजार ९२० जनामा मात्र कोरोना सङ्क्रमित पुष्टि भएको थियो ।

असार १६ गतेबाट सार्वजनिक यातायात, पसलहरु लामै समय खुला गर्ने भएसंगै चहलपहल बढेको छ भने संक्रमित पनि बढेका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबारको सङ्क्रमण दर २६ प्रतिशत पुगेको छ ।

जोखिम अझै नहटेकाले जन स्वास्थ्यका मापदण्ड पालना गर्न मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले आग्रह गर्नुभएको छ । कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा ४१ जनाको मृत्यु भएको छ । यस अवधिमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन हजार ५९७ छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार ५६१ रहेको छ । तीमध्ये ३० हजार ५४४ जना होम आइसोलेसनमा छन् । तीन हजार १७ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कोरोना सङ्क्रमणका कारण नौ हजार ११२ जनाको मृत्यु भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित हुने जिल्लाको सङ्ख्या १७ छ । पछिल्ला दिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.