कला/मनोरन्जनकलिउड

लेखेको ४० वर्षपछि गीत सार्वजनिक

नेपाली सङ्गीतमा पप सम्राटका नामले परिचित कलाकार ओमविक्रम विष्टले ४० वर्षअघि लेखेर सङ्गीत भर्नुभएको गीत आइतबार सार्वजनिक गरिएको छ ।

लेखेको ४० वर्षपछि गीत सार्वजनिक

साथी शशी गुरुङका लागि ४० वर्षअघि लेखेर सङ्गीत भर्नुभएको गीत गुरुङकै स्वरमा रेकर्ड गरिएको हो । चर्चित पप गायक विष्टले गीत लेखन र सङ्गीत थोरै मात्र गर्नुभएको छ । विष्टका अनुसार तीन महिनाअघि अमेरिकाको जर्जियामा उहाँले उक्त गीत लेखन तथा कम्पोज सम्पन्न गर्नु भएको थियो । मिर्गाैला रोगबाट पीडित भएपछि गायक विष्टको अमेरिकामै मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।

वरिष्ठ पप गायक विष्टको उपस्थितिमा गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । म्युजिक भिडियोलाई विजयराज भूर्तेलले निर्देशन गर्नुभएको हो । सोही कार्यक्रममा गायक शशी गुरुङको स्वरमा रहेको अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा भूषण खरेलको शब्द र जेम्स प्रधानको सङ्गीत रहेको छ । म्युजिक भिडियो जेम्स प्रधानले निर्देशन गर्नुभएको हो ।

६७ वर्षीय गायक शशी गुरुङ ४७ वर्षदेखि सङ्गीत क्षेत्रमा संलग्न हुनुहुन्छ । उहाँले करिब एक सय गीत रेकर्ड गरिसक्नुभएको छ । आफ्नो कार्य व्यस्तताका कारण उहाँ लामो समय सङ्गीत क्षेत्रमा क्रियाशील हुन सक्नुभएन । सशस्त्र प्रहरीमा प्रहरी नायब उपरीक्षक पदबाट अवकाशपछि केही वर्ष विदेशमा बस्नुभएका उहाँ पुनःसङ्गीत क्षेत्रमा सक्रिय हुनुभएको हो ।

वरिष्ठ गीतकार दिनेश अधिकारी, श्री पुरुष ढकाल र सङ्गीतकार राजु सिंहले ६७ वर्षको उमेरमा पनि गायक शशी गुरुङको सङ्गीतप्रतिको समर्पण अनुकरणीय रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.