राजनीति

ठूला दलका नेताले बालेनलाई असफल पार्न वडाध्यक्ष उचाले (भिडियोसहित)

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहलाई असफल बनाउन ठूला पार्टीका केन्द्रीय नेताहरुले वडाध्यक्ष उचालेको आरोप लगाउनुभएको छ ।

सांसद शाही

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद शाहीले स्वतन्त्र उम्मेदवार भएर निर्वाचन जितेका बालेनलाई असफल बनाउन वडाध्यक्षा उचालेर विकासको गति रोक्न खोजेको बताउनुभयो ।

मुलुकमा लोकतन्त्र भने पनि अहिले नेतातन्त्र त्यो पनि केही शीर्षस्थ नेताको तन्त्र चलेको भन्दै वडाध्यक्षहरुलाई बालेनको बिरोध गर्न दिइएको निर्देशन नमाने पद नै खाइदिने गरेका पनि बताउनुभयो ।

वडाध्यक्ष मात्र होइन सांसदलाई समेत चित्त नबुझेका कुरामा बोल्न नपाउने भन्दै यस्तो तन्त्रले मुलुकको विकास नहुने भन्दै सुधारिन सुझाव दिनुभयो ।

बालेनलाई असफल बनाउन अहिले महानगरको नीति तथा कार्यक्रम र बजेटमाथि बिरोध गर्न र नाराबाजी गर्न लगाउनु घोर आपत्तिजनक रहेको भन्दै काम गर्न चाहने र सक्नेको बाटो नछेक्न चेतावनी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.