राजनीति

राष्ट्रिय परिचयपत्रको अभावमा साउनदेखि सेवा सुविधा रोकिंदैन (भिडियोसहित)

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले साउनदेखि राष्टिय परिचयपत्र अनिवार्य गरिएका २८ जिल्लामा तत्काल सेवा सुविधा नरोकिने स्पष्ट पार्नुभएको छ ।

गृहमन्त्री रवि लामिछाने

प्रतिनिधिसभाको बैठकमा सांसदहरुका प्रश्न र जिज्ञासाको उत्तर दिने क्रममा मन्त्री लामिछानेले पहिलो चरणका २८ जिल्लामा राष्ट्रिय परिचयपत्र भदौसम्म पेश गर्न सकिने बताउँदै त्यसपछि पनि नबनेमा कुनै समस्या नपर्ने बताउनुभएको हो ।

उहाँले परिचयपत्र बनाउन वडावडामा थप जनशक्ति खटाउने तयारी भैरहेको र साउनदेखि अनिवार्य भनिएकाले बढी भीडभाड भएकाले समस्या देखिएको र यसलाई सहज रुपमा अघि बढाउने बताउनुभयो ।

सांसदहरुको प्रश्नको उत्तर दिंदै उहाँले विभिन्न २५ वटा भ्रष्टाचारका काण्डहरुको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको पनि जानकारी दिनुभयो ।

मन्त्री लामिछानेले भन्नुभयो, ‘कुनै पनि कालखण्डमा भएकामध्‍ये भ्रष्टाचारका २५ वटा काण्डहरुलाई छानबिन गर्नका निमित्त शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको कुरा सम्मानित सदनमा गराइसकेको छु’।

थप यो भिडियोमा

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.