राजनीति

विद्यालय शिक्षा सुधार गर्न कामपाको शैली उपयुक्त (भिडियोसहित)

नेकपा एमालेकी सांसद विद्या भट्टराईले सामुदायिक विद्यालयको शिक्षा खस्कदै गएकोमा चिन्ता व्यक्त गर्दैै विद्यालय शिक्षा सुधारका लागि काठमाडौं महानगरपालिकाको शैली उपयुक्त हुने बताउनुभयो ।

सोमबार प्रतिनिधिसभाको बैठकको विशेष समयमa सांसद भट्टराईले सो कुरा बताउँदै शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री र उत्पादनमुखी बनाउन जरुरी रहेकामा जोड दिनुभयो ।

एसइई परीक्षाको नतिजा खस्कनुमा मुलुकको शिक्षा प्रणाली, पठन पद्धति र संरचनागत कमीकमजोरी भएको बताउँदै सुधारका लाग तत्काल पहल गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

उहाँले सामुदायिक विद्यालयको शिक्षा गुणस्तर खस्कँदो रहेको बताउँदै विषयगत उत्कृष्टता हाँसिल गरेका विद्यार्थीलाई शिक्षक बन्न प्रेरित गर्ने नीति आवश्यक रहेको पनि बताउनुभयो ।

बाँकी विवरण यो भिडियोमा

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.