राजनीति

ओली-देउवा भेट र सरकार परिवर्तनको चर्चा

सत्तारुढ प्रमुख दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार भएको भेटवार्तालाई सत्ता परिवर्तनसंग जोडेर सामाजिक संजालहरुमा चर्चा भए ।

मुलुकका प्रमुख दुई राजनीतिक दलका नेताहरुको भेट केवल सत्तासंग मात्र सम्बिन्धत हुन्छ र सरकार अदलबदलकै लागि मात्र छलफल हुन्छ भन्ने भाष्य खडा गरेर टिप्पणी भैरहेको छ ।

आइतबार सभापति देउवाले पत्नी तथा कांग्रेस सांसद आरजु राणासहित ओली निवास बालकोटमा करिब तीन घन्टा बिताउनुभएको थियो ।

यसबीच सत्तारुढ तथा प्रतिपक्षी राजनीतिक दलका सांसदहरुले ठूला राजनीतिक दलका शीर्ष नेताहरुबीच बैठक र संवाद हुनु सकारात्मक भएको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद दिपक गिरीले पछिल्ला दिनमा ठूला दलका शीर्ष नेताबीचको सघन संवादले आशाको सञ्चार जगाएको बताउनुभयो । उहाँले राजनीतिक स्थायित्वका लागि राजनीतिक दलहरुबीच सहमति र सहकार्य आवश्यक रहेको खाँचो औँंल्याउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच संवाद हुनु राम्रो कुरा भएको बताउनुभयो ।

ठूला नेताबीचको राजनीतिक तित्तताले मुलुकको समस्या समाधान हुन नसक्ने भन्दै उहाँले नेताहरुबीचको सहमति तथा सहकार्यले मुलुकको हित र आर्थिक समृद्धिको यात्रालाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “सत्तारुढ र प्रतिपक्षी दलका शीर्ष नेताहरुबीच बैठक र संवाद हुनु राम्रो कुरा हो, जोडदारपूर्वक मुद्दा र अडान राख्ने, परिआउँदा फेरि एकताबद्ध भएर राष्ट्रका सङ्कटहरुलाई हल गर्ने संस्कार छ ।”

भ्रष्टाचारका २५ वटा फाइल खुल्ने र भ्रष्टाचार छानबिन गर्न शक्तिशाली आयोग गठन हुने तयारीमा रहेको तथा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर फरार रहेकाहरु पुनः पक्राउ पर्न थालेपछि सत्ता परिवर्तनको हल्ला तीब्रगतिमा चलिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.