राजनीति

त्रिविमा दलीय राजनीतिकरण र गुण्डागर्दी बन्द गर्ने शिक्षा मन्त्री श्रेष्ठको दृढता (भिडियोसहित)

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा हुने दलीय राजनीतिकरण हटाएरै छाड्ने बताउँदै शिक्षक वा प्राध्यापकले तालाबन्दी गरे कारबाही गर्ने कानुन बनाउने बताउनुभयो ।

शिक्षामन्त्री श्रेष्ठ

सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले दलीय राजनीतिक हस्तक्षेप स्वीकार्य नहुने र सबैलाई कारबाही हुने स्पष्ट पार्दै सो कुरा बताउनुभएको हो ।

त्यस क्रममा उहाँले छ पटकसम्म उत्तर पुस्तिका हराएको भए पनि अहिलेसम्म कसैलाई कारबाही नगरेको पाइएको बताउँदै यस्तो पनि हुन्छ भन्दै प्रतिप्रश्न गर्नुभयो ।

यस विषयमा नयाँ टिमले अध्ययन गरेर प्रतिवेदन तयार पारेपछि दलका भ्रातृ संगठनहरूले “आफूहरूले भने जस्तो कारबाही नभए तालाबन्दी गर्छौं” भनेको सुनाउँदै मन्त्री श्रेष्ठले यस्तो अराजकता सहन नसकिने स्पष्ट पार्नुभयो ।

त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगले नयाँ विज्ञापन खोल्दा एउटा समूह तालाबन्दी गरेको भन्दै मन्त्री श्रेष्ठले त्यो भातृ संगठन ककसको हो सबैले मम गर्नुपर्ला भन्दै गुन्डागर्दी र दलीय राजनीतिकरण हटाएरै छोड्ने स्पष्ट पार्दै प्रहरी राखेर अन्तर्वार्ता गर्ने बताउनु भयो ।

बाँकी यो भिडियोमा

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.