जन सरोकार

जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ परेका छन् । झापा, कमल गाउँपालिका-५ वरगाछी बस्ने ४४ वर्षीय कमल सुब्बाको घरमा जुवातास खेलिरहेको अवस्थामा कमलसमेत १२ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जुवातास

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६९ हजार ४ सय रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । त्यस्तै कास्की, पोखरा महानगरपालिका-८ आनन्द मार्ग बस्ने ४९ वर्षीया अमिता शेरचनको घरमा जुवातास खेलिरहेको अवस्थामा अमिता समेत १० जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३७ हजार ७ सय ६० रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.