जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

मुगु, सर्लाही, पर्सा र कैलालीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । मुगु, छाँयानाथ रारा नगरपालिका-४ भामबाडास्थित सडकमा लु. ५ त ३१४ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने राज कुमार रोकायको छोरा २ वर्षीय सुप्रिम रोकायको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रमममा मृत्यु भएको हो ।

स्थानीयको कुटपिटबाट घाइते भएका ट्याक्टर चालकको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै सर्लाही, हरिवन नगरपालिका-१ पटौनास्थित खेत जोत्न जाने क्रममा ज.१ त ५७५७ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा सोही ट्याक्टरले च्यापिएर चालक हरिवन नगरपालिका-२ बस्ने ५० सहदेव राउतको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

यसैगरी सर्लाही, बागमती नगरपालिका-५ केराबारीस्थित सडकमा बा. २९ प ९५९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा सोही गाउँपालिका-४ बस्ने मोटरसाइकल चालक सोम बहादुर डिङडुङको छोरी २ वर्षीया कृष्टिना डिङडुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको गाउँ मैत्री अस्पताल लालबन्दीमा उपचारको क्रमममा मृत्यु भएको हो ।

यस्तै पर्सा, वीरगंज महानगरपालिका-१४ गण्डकस्थित सडकमा परवानपुरबाट गण्डकतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-०२७ प ८०९३ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-१८ सुखचैन बस्ने ३५ वर्षीया गीता देवीको मृत्यु भएको छ । आइतबार दिउँसो स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको बयोधा हस्पिटल गण्डकमा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।

उता कैलाली, कैलारी गाउँपालिका-४ ‘के’ गाँउ बस्ने ४० वर्षीय देवल चौधरीले आफैले चलाएको खेत जोत्ने चम्पा टेक्टर घर नजिकै पार्किङ गर्ने क्रममा काठको पोलमा ठोक्किएर आइतबार राति दुर्घटना हुँदा चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको सेती प्रादेशीक अस्पताल धनगढीमा उपचारको क्रमममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.