जन सरोकार

एक किलो २४७ ग्राम कोकिनसहित दुई तानजेनियन नागरिक पक्राउ

काठमाडौँ महानगरपालिका-१६ स्थित होटल ग्यालेरीबाट अवैध लागूऔषध कोकिन १ किलो २ सय ४७ ग्राम ७६ मिलिग्रामसहित दुई जना तानजेनियन नागरिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तानजेनियन नागरिकहरू ५२ वर्षीय रामाधानी सिम्बा एम्वाबुम्बा र ५६ वर्षीय तवालिब किपेभु पाशुआ रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर २०४ बाट रामाधानीलाई जुसको बट्टाभित्र ३५ वटा क्याप्सुलमा रहेको ६ सय ६ ग्राम ५५ मिलिग्राम र सोही होटलको कोठा नम्बर २०५ बाट तवालिबलाई जुसको बट्टाभित्र ३७ वटा क्याप्सुलमा रहेको ६ सय ४१ ग्राम २१ मिलिग्राम कोकिनसहित पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.