ललिता निवास परिसरमा महानगरको काँडेतार
काठमाडौं माहानगरपालिकाले मुलुकका राजनीतिलाई तरंगगित गरिरहेको बालुवाटारस्थित ललिता निवास परिसरको बाँकी जग्गा संरक्षणमा चासो देखाउँदै नगरप्रहरी परिचालन गरेको छ ।
![Lalita Niwas](https://www.nepaljapan.com/wp-content/uploads/2023/07/Lalita-Niwas-e1688304128656.jpg)
आइतबार दिउँसो महानगर प्रहरीले खाली जग्गा संरक्षणको प्रयास थालेको हो । खाली जग्गा घेरबार गरेर संरक्षण गर्ने तयारी भएको महानगरी प्रहरीले बताएको छ। ललिता निवास क्षेत्रको जग्गामा अनियमितता भएको भन्दै यो जग्गा लामो समयदेखि विवादमा छ।
यसैबीच ललिता निवास जग्गा प्रकरणमा आइतबार थप ३ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको हो ।
यो मुद्दामा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिर शाहसहित ५ जना प्रहरी हिरासतमा छन् ।
सीआईबीले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने अनियमितता प्रकरणमा सरकारी कागजात किर्ते मुद्दामा उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्