राजनीति

‘यो समय गिरिबन्धु चियाको हो, ‘काले काले मिलेर खाऊ भाले’

नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सत्ता समीकरण बनेसँगै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले काले “काले मिलेर खाऊ भाले” बन्दै व्यंग्य गरेका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्वीर राख्दै बालेनले सो व्यंग्य गरेका हुन् ।

पछिल्लो समय गिरीबन्धु टी-स्टेटबारे छानबिन हुनुपर्ने माग राख्दै आएका महानगर प्रमुख बालेनले लेखेका छन्, “यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।”

सोमबार राति नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार गठनका लागि सहमति भएको छ । सहमति अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुनेछन् ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.