राजनीति

अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुन्छ : महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थायित्वका लागि संविधान संशोधनलगायत कार्यसूचीमा सहकार्य गर्न एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न नेपाली कांग्रेससँग समझदारी भएको बताउनुभएको छ ।

महासचिव पोख्रेल

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा संविधान संशोधन र कानुन निर्माण गर्नेगरी अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न नेकपा (एमाले) र नेपाली कांग्रेसबीच समझदारी भएको उल्लेख गर्नुभएको छ । उहाँले नेकपा (एमाले) र नेपाली कांग्रेसको समर्थन गर्ने दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरिने पनि उल्लेख गर्नुभएको छ । एमाले र कांग्रेसबीच यस सम्बन्धमा सहमति भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.