राजनीति

रास्वपा नयाँ सत्ता गठबन्धनमा सहभागी नहुने

नेपाली कांग्रेस र नेकपा एमालेबीच रातारात बनेको नयाँ सत्ता गठबन्धनमा वर्तमान सरकारको तेस्रो ठूलो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहभागी नहुने भएको छ ।

सत्ता गठबन्धनमा भएको परिवर्तनसंगै मंगलबार बिहान बसेको रास्वपा सचिवालयको बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयो ।

सोमबार मध्यरातमा नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेपछि सरकार संकटमा परेको छ ।

यही विषयमा छलफल गर्न रास्वपाको सचिवालय बैठक बसेको थियो । प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा रास्वपाका चार मन्त्रीहरु छन् । पार्टी सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.