राजनीति

बाबुरामको टिप्पणी : सबैलाई सधैँभरि ठग्न सकिँदैन

नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार गठन गर्ने सहमति भएपछि नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति इङ्गित गर्दै सबैलाई सधैँभरि ठग्न नसकिने बताएका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले यो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘चर्चित भनाइ छ – ‘केहीलाई सधैँभरि ठग्न सकिन्छ; सबैलाई केही बेर ठग्न सकिन्छ; तर सबैलाई सधैँभरि ठग्न सकिन्न। सन्दर्भ बुझौँ !’

संसदका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गएराति नयाँ सरकार गठनका लागि सहमति भएको छ । सहमति अनुसार पहिले नेकपा एमालेक अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुनेछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.