राजनीति

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने

नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन बनेपछि अल्पमतमा पर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएर संसदमा विश्वासको मत लिने निष्कर्षमा पुग्नुभएको बताइएको छ ।

मंगलबार विहान बसेको पार्टीका मन्त्रीसहितको पदाधिकारी बैठकले विश्वासको मत लिने निर्णय गरेको नेकपा माओवादीका सचिव देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

पौडेलले भन्नुभयो, ‘प्रधानमन्त्रीले गलेर छोड्ने कुरा हुँदैन । गणित शो गर्न जाने, संसद फेस गर्ने र विश्वासको मत लिने कुरामा प्रधानमन्त्रीले कुरा राख्नुभएको छ ।

पौडेलले यसबीचमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र स्वयं एमालेका अहिले सहमति भए पनि विभिन्न पक्षसँग कुराकानी गर्ने र अगाडि बढ्ने निर्णय भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.