राजनीति

प्रधानमन्त्री-ओली भेट- “संविधान चलाउन खोजे माओवादी हैन, बहुपक्षीय द्वन्द्व हुनसक्छ”

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र एमालेको सरकारले संविधान चलाउन खोजे बहुपक्षीय द्वन्द्व हुनसक्ने चेतावनी दिनुभएको छ ।

भेटवार्ता

कांग्रेस र एमालेबीच सत्ता साझेदारीसंगै संविधान संशोधनका लागि पूर्व प्रधान न्यायाधीशको संयोजकत्वमा सुझाव समिति गठन गर्ने सहमति भएको चर्चा चलिरहँदा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।

तत्काललाई एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने सहमतिपछि मंगलबार विहान प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुग्नुभएका ओलीलाई संविधान चलाउन खोजेको हो भन्दै सो कुरा बताउनुभएको ो ।

भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेस र एमालेबीच मिलेर जाने सहमति भएकाले राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले ओलीलाई समझदारी कसरी भत्कियो र संविधान चलाउने खोजेको हो भन्दै प्रश्न गर्नुभएको थियो । ओलीले भने राजनीतिक स्थायित्वका लागि केही कदम उठाउनैपर्ने भएकाले माओवादी त्यस प्रक्रियामा सहभागी बनोस् भन्ने आफूले चाहेको बताउनुभएको थियो ।

प्रधानन्त्री प्रचण्डले ओलीलाई संविधान नै मान्दिनँ भनेर हिँडेका विप्लव समूहदेखि मधेशका केही पक्ष समेत स्वीकार्ने ठाउँमा आइपुगेका छन् । अब संविधान चलाउन थाल्नुभयो भने माओवादीले द्वन्द्व गर्नुपर्दैन, बहुआयामिक द्वन्द्व हुन सक्छ भन्नेन चेतावनी दिनुभएको छ ।

माओवादी सचिव देवेन्द्र पौडेलले संविधान संशोधन गर्ने भनेर कांग्रेस र एमालेले गरेको समझदारी व्यवस्था उल्ट्याउने षड्यन्त्र हुनसक्ने आशंका माओवादी केन्द्रलाई रहेको बताउनुभएको छ ।

उहाँले राजनीतिक स्थायित्व खोज्ने नाममा व्यवस्थामाथि नै प्रश्न उठाइएको छ । संविधान संशोधनको सहमति पछिल्ला परिवर्तनका विषय उल्टिने र २०४७ को संविधान व्युँताउँने त हैन भन्ने गम्भीर प्रश्न उठेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.