जन सरोकार

पोखरा महानगरपालिकामा अख्तियारको छापा, कागजात नियन्त्रणमा

पोखरास्थित मणिपाल मेडिकल कलेजलाई २० करोड रुपैयाँ राजश्व छुट दिएको पोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारी कागजात नियन्त्रणमा लिएको छ ।

मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत राजश्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेपछि मंगलबार आयोगको टोलीले महानगर कार्यालयमा छापा हानेको हो ।

अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजश्व सम्बन्धी अहिलेसम्म भएका निर्णय, राजश्व परामर्श समितिको निर्णय, नक्सापास लगायतका मणिपाल शिक्षणसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको छ ।

२१ वर्षअघि बनेको पोखराको फूलबारीस्थित मणिपाल शिक्षण अस्पताल भवनले अहिलेसम्म नक्सा पास समेत गरेको थिएन र वर्षौंदेखि महालेखाले नक्सापास नलिएको मणिपाललाई जरिवानासहित राजस्व उठाउन भन्दै आइरहेको थियो ।

सोही प्रकरणमा मेयर धनराज आचार्यले राजश्व छुट दिने कार्यपालिका बैठकबाट निर्णय गराएपछि जनप्रतिनिधिले नै मेयर आचार्यको नियतमाथि शंका गरेका थिए ।

मेयर आचार्यले असार १० गते आइतबार ल्याएको नीति तथा कार्यक्रममाथि २ दिनसम्म चलेको छलफलमा जनप्रतिनिधिले मणिपालदेखि महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएका विषयमा आचार्यसँग जवाफ मागेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.