जन सरोकार

मृत अवस्थामा चार जना फेला

मृत अवस्थामा देशका विभिन्न स्थानबाट चार जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-११ थापाथलीस्थित बाग्मती पुल मुनी हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । उनको शव बाग्मती खोलाले बगाई ल्याएको बुझिएको छ ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै सर्लाही, बरहथवा नगरपालिका-१७ पोखरीया टोलस्थित उखु बारीमा बसबरीया गाउँपालिका-६ बस्ने ३७ वर्षीय राज किसोर राय सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै काभ्रे, रोशी गाउँपालिका-७ कटुन्जेस्थित रोशी खोलाको किनारामा पनौती नगरपालिका-७ पनौती डेरा गरी बस्ने धादिङ गंगाजमुना गाउँपालिका-४ घर भएका बुद्ध गुरूङको छोरा ४ वर्षीय बिपिन गुरूङ सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यता रौतहट, राजदेवी नगरपालिका-१ पथरा बस्ने जितेन्द्र साहको छोरा १२ वर्षीय अंकुश कुमार साह सोही ठाउँस्थित खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.