जन सरोकार

दुई बालकको डुबेर मृत्यु

सप्तरीमा दुई बालकको डुबेर मृत्यु भएको छ । सप्तरी, हनुमाननगर कांकालिनी नगरपालिका-३ पोर्ताहा बस्ने लक्ष्मण रायको छोरा ६ वर्षीय रोषण रायको सोही ठाउँस्थित ढलमा डुबेर सोमबार राति मृत्यु भएको छ ।

बालिका मृत फेला

डुबेर अशक्त भएका उनको भारदह अस्पताल भारदहमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी सप्तरी, राजगढ गाउँपालिका-४ पिपरा टोलस्थित मुतनी खोलामा डुबेर भारत सुपौल थाना मरौहा महराई टोल बस्ने सुरज चौपालको छोरा ३ वर्षीय सागर चौपालको सोमबार दिउँसो मृत्यु भएको छ ।

डुबेर अशक्त भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.