राजनीति

‘दलगत स्वार्थबाट माथि उठेर राष्ट्रको हितमा काम गर्नुपर्छ’

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले दलगत स्वार्थबाट माथि उठेर राष्ट्रको हितमा काम गर्नुपर्ने बताउनुभएको छ ।

डा कोइराला

नेपाली कांग्रेस पर्सा क्षेत्र नं २ क्षत्रीय समितिले मंगलबार वीरगञ्जमा आयोजना गरेको स्व गिरिजाप्रसाद कोइरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरलाले प्रधानमन्त्री र मन्त्री कोे बन्ने विषयमा नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता अल्झिन नहुने बताउनुभयो । नेपाली नागरिक र राष्ट्र हितलाई प्राथमिकतामा राख्न उहाँले दुवै पार्टीका शीर्ष नेतृत्वलाई सुझाव दिनुभयो ।

अब बन्ने कांग्रेस र एमालेसहितको सरकारले सबैभन्दा पहिला राजनीतिभित्र हुने अपराधीकरणलाई समाप्त पार्न जरुरी रहेको नेता कोइरालाको भनाइ थियो ।

कार्यक्ममा नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे, केन्द्रिय सदस्य रमेश रिजाल, अजय चौरसिया, शङ्कर भण्डारीलगायतले नेपाली राजनीतिका शिखर पुरुष एवं पार्टीका पूर्वसभापति स्व गिरिजाप्रसाद कोइरालाले पार्टी र राष्ट्रलाई बलियो बनाउन खेल्नुभएको भूमिकाबारे आ–आफ्नो विचार राख्नुभएको थियो ।

वीरगञ्जको छपकैयाको इदगाह चोकमा स्व कोइरालाको पूर्णकदको सालिक पुनःनिर्माण गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.