एमालेले गर्यो महाधिवेशनको घोषणा, असारबाटै प्रक्रिया सुरु
सत्तारुढ नेकपा एमालेको विवाद र विभाजनको खतरा कायमै रहेको भए पनि पार्टीको भावी नेतृत्वका लागि महाधिवेशनको घोषणाा गरिएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले महासचिव इश्वर पोखरेलको प्रस्तावअनुसार महाधिवेशनको प्रक्रिया सुरु गर्ने निर्णय लिएको हो ।
बैठकले संगठित सदस्यता नविकरणदेखि पालिका अधिवेशनसम्मको समय निर्धारण गरेको छ । बैठकले असार मसान्तभित्र सदस्यता नबिकरण र केन्दीय बिभागलाई पूर्णता दिने निर्णय गरेको छ ।
बैठकले साउन ५ गतेसम्म केन्द्रमा सदस्यता विवरण पठाउने र २५ गते विधान सम्मेलन गर्ने तथा भाद्र ५ वडा अधिवेशन र १५ गते पालिकाको अधिवेशन गर्ने निर्णय गरेको हो ।
एमालेले यसअघि नै मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । तर निर्वाचनको मिति जुध्न गएमा आगामी बैशाखमा महाधिवेशन गर्ने प्रस्ताव महासचिव इश्वर पोखरेलले गर्नुभएको थियो ।
एमलेमा माधवकुमार नेपाल पक्षलाई पार्टी एकतामाा कायम राख्न महाधिवेशन आयोजक कमिटीलाई पुनः केन्द्रीय कमिटीमा रुपान्तरण गरी हिजो (शुक्रबार)को बैठकमा माधव नेपालसहितका नेताहरुलाई पनि बैठकमा निम्तो दिइएको थियो । तर सो समूह बैठकमा उपस्थित भएनन् ।
प्रतिक्रिया राख्नुहोस्