वाग्मतीमा वेपत्ता भएका दुई भारतीयको शव फेला
शनिबार वाग्मती नदीमा वेपत्ता भएका दुई भारतीय पर्यटकको शव फेला परेको छ। रौतहटको चन्द्रपुर नगरपालिका १, मा पर्ने पर्यटकीय क्षेत्र नुनथर घुम्न आएका भारतीय युवक ३० वर्षीय मयङ्क अग्रवाल र सोही उमेरका गोलुकुमार शनिबार साँझदेखि बागमती नदीमा बेपत्ता हुनुहुन्थ्यो।
भारतको सीतामढी कोट बजारका मयङ्क र गोलुकुमार दुवैको शव आइतबार दिउँसो २ बजेतिर रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ र रौतहटकै वृन्दावन नगरपालिका वडा नम्बर १ को सीमा क्षेत्रस्थित बागमती नदीमै फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारले जानकारी दिनुभयो।
नुनथरमा घुम्न आएका मयङ्क र गोलुकुमारलाई नदीले बगाएको स्थानभन्दा झण्डै १५ किलोमिटर दक्षिण एकै ठाउँमा शव फेला परेको प्रनाउ जैसवारले बताउनुभयो। आइतबार दिउँसो स्थानीयले मृतक दुवैको शव देखेपछि प्रहरीमा खबर गरेका थिए ।
भारतीय नम्बर प्लेट बीआर०१एचएफ६६१९ नम्बरको कारमा घुम्न आएका तीनजनामध्ये नदीमा डुबेका एकजनाको भने उद्धार गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्