जन सरोकार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
तेह्रथुम, आठराई गाउँपालिका-१ संक्रान्ति बजार बस्ने टासी लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासहित सात जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरीले उनीहरूलाई २ लाख ९३ हजार ५ सय ६ नेपाली रूपैयाँ र ८ हजार ३ सय ४० भारतीय रूपैयाँसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्