राजनीति

राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन एमालेको आह्वान

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दललाई राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन आह्वान गरेको छ ।

एमालेको आह्वान

पार्टी कार्यालय च्यासलमा मंगलबार भएको सचिवालय बैठकले नेपाली कांग्रेससँगको सहमतिअनुरुप एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन ती दललाई आह्वान गरेको हो ।

साथै बैठकले संविधानको धारा ७६ (२) बमोजिम सहमतिको सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अनुरोध गरेको छ । पार्टी सचिव योगेश भट्टराईका अनुसार नेपाली कांग्रेस र नेकपा (एमाले) बीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमतिको बैठकले स्वागत गरेको छ । साथै बैठकले प्रधानमन्त्री दाहाललाई नयाँ सरकार गठनका निम्ति बुधबारसम्ममा मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.