राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरण : बादलका छोरा प्रतीकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

बादलका छोरा प्रतीक

न्यायाधीश सकुन्तला कार्कीको इजलासले मंगलबार सो प्रकरणमा थापाको पनि संलग्नता देखिएको उल्लेख गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतको आदेशसँगै थापालाई केन्द्रीय कारागार चलान गरिएको छ ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी धन्दामा संलग्नताको आरोपमा थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.