विश्व समाचार

गाजा पट्टीमा ३७ हजार नौ सय २५ प्यालेस्टिनीको हत्या

गत अक्टोबरयता इजराइली कब्जाकारी सेना (आइओएफ)ले गाजा पट्टीमा ३७ हजार नौ सय २५ प्यालेस्टिनी नागरिकको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गरी गाजाा चलिरहेको नरसंहारको शुरुआतदेखि कम्तिमा ३७ हजार नौ सय २५ प्यालेस्टिनी नागरिकको हत्या गरेको कम्तिमा ८७ हजार एक सय ४१ अन्य घाइते भएको जनाएको हो ।

आइओएफले गाजा पट्टीमा गत २४ घण्टामा प्यालेस्टिनी परिवारहरू विरुद्ध तीन नरसंहार गर्दा २५ प्यालेस्टिनीको हत्या गरेको र ८१ अन्यलाई घाइते बनाएको मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।

यसको दुई सय ७०औँ दिनमा गाजा पट्टीमा इजराइली कब्जाको चरम र अभूतपूर्व नरसंहार जारी रहेको, लगातार हवाई हमलाहरू र चारैतिरबाट (हवाई, जमिन र समुद्री) गोलीबारी, हत्या, घाइते र हजारौँ प्यालेस्टिनी नागरिकविरुद्ध रक्तपातपूर्ण नरसंहार भइरहेको छ ।

गाजा पट्टीमा बिग्रँदै गएको मानवीय अवस्थाका बारेमा संयुक्त राष्ट्र एजेन्सीहरूले चेतावनी दिए पनि इजराइली संस्थाले आफ्नो नरसंहार जारी राखेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.