कला/मनोरन्जनकलिउड

सिर्जनाको नशामा डुबेका दीपेन्द्रको ‘जिन्दगी हो खेल जस्तै’ (भिडियोसहित)

जब मानिसमा सिर्जनाको लत बस्छ त्यो कुनै मादक पदार्थको भन्दा कम हुँदैन । सिर्जना नगरी बस्नै नसक्ने हुन्छ । यस्तै सिर्जनाको नशामा चूर भएका छन् गीतकार दीपेन्द्र अधिकारी ।

आफूमा रहेको गीत सिर्जनाको प्रतिभालाई लामो समयसम्म फेसबुकका भित्ताहरुमा सीमित गरेका अधिकारी पछिल्लो समय लगातार गीति कोशेली लिएर दर्शकमाझ आइरहेका छन् ।

जापानलाई कर्मथलो बनाइरहेका कास्की भरतपोखरीका दीपेन्द्रका अर्थपूर्ण र गहन गीति सिर्जनाको पछिल्लो अध्यायका रुपमा ‘जिन्दगी हो खेल जस्तै’ शीर्षक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित गायन रियालिटी शो भ्वाइस अफ नेपाल सिजन ५ का विजेता विनोद राईको स्वरमा सजिएको जिन्दगी हो खेल जस्तै गीतमा राजकुममार बगरले संगीत दिएका छन् ।

डिए क्रियशद्वारा सार्वजनिक गीतमा रिचा थापा, विनोद राई, राजेन्द्र शर्मा, अर्जुन कुँवर, रोशनी आचार्य, सन्तोष कुँवर, नवराज बडुवाल, सुरज भुसाल। वीरेन्द्र भाट लगायतका कलाकारले अभिनय रहेको छ ।

भिडियोको निर्देशन र सम्पादन वीरेन्द्र भाट ‘विपिन’ले गरेका छन् भने अजय रेग्मीको छायांकन तथा निर्मला आचार्यको श्रृंगार रहेको गीतको भाव र दृश्यहरुले वर्तमान नेपाली समाजको यथार्थ चित्र उजागर गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.