जन सरोकार

सोह्रखुट्टेको बीच सडकमा विशाल खाल्डो, पठाओ चालकको मोटरसाइकल डुब्यो

काठमाडौंको अति व्यस्त सडकमा पर्ने सोह्रखुट्टे-बालाजु सडक खण्डमा करिब ११ फिट गहिरो खाल्डो परेको छ । मेलम्चीको ४२ इन्चको पाइप फुटेर सडकमा क्षति पुर्याएको हो ।

बुधबार बिहान करिब ६ बजे काठमाडौं महानगरपालिका १६ नयाँबजारस्थित कुमारी टोलको गेट अगाडिको सडकमाा ११ फिटो खाल्डो परेको हो ।

सडकमा परेको खाल्डोमा पठाओ चालकको मोटरसाइकल समेत खसेको छ । मोटरसाइकल खाल्डोमा खसेर डुबे पनि मोरङ घर भई काठमाडौंको चाबहिल बस्दै आएका शाक्य भने सकुशल छन् ।

उक्त मोटरसाइकललाई काठमाडौं महानगरपालिकाका नगर प्रहरी र बारुण यन्त्र कार्यालय न्युरोडका सहायक प्रहरी नायव निरीक्षक दिपेश अधिकारी लगायतको टोलीले क्रेनले तानेर बाहिर निकालेको थियो ।

सोह्रखुट्टे क्षेत्रका नगर प्रहरी निरीक्षक प्रकाश पण्डितले सडक मुनि रहेको मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर करिब ११ फिटको खाल्डो परेको बताबताउनुभयो ।

मेलम्चीको ४२ इन्चको पाइप फुटेर सडकमा क्षति पुर्याएको हो । पानीको फोर्सले पिच सडक पनि भत्काएर आहालजस्तो बनेको छ । अहिले सवारी साधनलाई दायाँवायाँका एक–एक लेनमा मात्र चलाइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.